विशेष औषधीको रुपमा प्रयोग गर्न सकिन्छ लसुन

३ जेठ २०७५

banner

काठमाडौं । लसुन तरकारीका परिकारमा प्रयोग गरिन्छ। तरकारीका परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गरिने लसुन स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायक हुन्छ।

स्वास्थ्यका लागि यस्ता छन् लसुनका फाइदाहरु : 

लसुनले शरीरमा रोगसंग लड्ने क्षमता बढाइदिन्छ। जसले गर्दा क्यान्सर जस्तो घातक रोग लाग्ने सम्भावना पनि न्यून हुन्छ। स्तन क्यान्सर लगायत खतरनाक रोगका बिरामीहरुलाई पनि कान्छो लसुन खाने सल्लाह दिइन्छ।

लसुनको सेवनले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाएर, राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ। जसले गर्दा मुटु स्वस्थ रहन्छ। ब्लड प्रेसर उच्च हुनेहरुले प्रत्येक दिन एउटा लसुन खानु लाभदायक हुन्छ।

रगत बाक्लो र गाढा हुनेहरुले लसुन खानाले रगत पातलो बन्छ र रगतको संचार सही तरिकाले हुन्छ।

जाडोको समयमा लसुन, अदुवा र गाजरको जुस बनाएर पिउनाले चिसोबाट बच्न सकिन्छ।

गर्भावस्थामा भएकी महिलाले लसुन खानाए बच्चाको तौल बढ्नमा सघाउ पुग्छ।    

Leave a reply

HTML Tags are not supported

Post My Comment »