फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यदर

३ जेठ २०७५
banner

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। 

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ। बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई-दुई रुपैयाँ बढाउने निर्णय गरेको हो। 

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको एक सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ पुगेको छ। एलपी ग्याँसको मुल्य भने यथावत रहेको छ।

नयाँ मुल्य सूची आज मध्यरातिबाट लागू भएको छ। 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll