अनेसासको तीन दिने दोस्रो च्यापटर सम्मेलन भव्यताका साथ सम्पन्न 

६ जेठ २०७५
banner

सर्वज्ञ वाग्ले, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दोस्रो च्याप्टर सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। अमेरिकाको न्युह्याम्सायरमा भएको उक्त सम्मेलन मे महिनाको ११ देखि १३ तारिख सम्म चलेको थियो।

सम्मेलनमा अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, वरीष्ठ उपाधयक्ष राधेश्याम लेकाली, महासचिव गोवर्धन पुजा लगायत केन्द्रीय कमिटीका विभिन्न राज्य, देश तथा विदेशका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। अनेसासका च्याप्टर अध्यक्षहरु नेपाल, नर्वे, अष्ट्रेलिया, क्यानडा, बेज्लियम, भारतकी ललीता दोशीको पनि उपस्थिती थियो।

 

न्युह्यामसायरबासीहरुले देखाएको माया, ममता एंवम् कृष्ण गिरी, उमेश कोइराला, इश्वरी भट्ट, अग्नी निरौलालगायतका अनेसासका सम्बन्धित व्यक्तिहरुको सकृयतामा स्थानीय मेयर, सिनेटका अमेरिकन प्रतिनिधिहरुको पनि उपस्थितीले सम्मेलन ऐतिहासिक बनायो। यस कार्यक्रममा न्युह्याम्सायरका गभर्नर क्रिस सुनुनु र सेनेटर डेभिड वाटर्सको पनि सहभागिता रहेको थियो।

उनीहरुले नेपाली भाषा, साहित्य र कलाको बारेमा सिनेटमा कुरा राख्ने र यस सम्बन्धि छलफल तथा रिसर्च गर्ने बताएका छन्। साथै गभर्नर र सेनेटरले नेपाली कम्युनिटी, नेपाली कल्चरलाई चिनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

 

वि.स २०७२ सालमा नेपालमा भूकम्प गएको बेला उनीहरुले अमेरिकी हाउस सेसनमा यस विषयमा कुरा समेत उठाएको बताए। तीन दिनसम्म चलेको यो सम्मेलन अत्यन्तै सौहार्द तथा ज्ञान बद्र्धक रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

ट्रस्टीका सभापति डा. श्याम कार्की, पूर्व अध्यक्ष किरण ढुंगाना, मोहन सीटौला, गिता खत्रीको समेत सहभागि रहेको उक्त सम्मेलनमा कविता महोत्सवको पनि आयोजना गरिएको थियो। जहाँ करीब ५९ जनाले ६७ कविता, ग़ज़ल, मुक्तक वाचन गरेका थिए। 

 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |