मदन भण्डारी राजमार्ग स्वीकृत, प्रदेश नम्बर २ का मुख्य मन्त्री राउतको अमेरिका भ्रमण अस्वीकार

७ जेठ २०७५
banner

काठमाडौं। सरकारले जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका भन्ने संस्थाको निम्तामा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतको अमेरिका भ्रमण प्रस्ताव अस्वीकार गरेको छ। प्रदेश भित्रै आर्थिक २०७५÷७६ को नीति,बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकाले त्यस प्रस्तावलाई जान अनुपयुक्त देखिएको भन्दै सरकारले भ्रमण प्रस्ताव अस्वीकृत गरेको हो। 

सरकारले  चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने गरि १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने भएको छ। १२ सय किलोमिटर लामो यो राजमार्गलाई झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाल सम्म जोड्ने प्रस्ताव गरिएको छ। भौतिक योजना तथा पुर्वाधार मन्त्रालयले गरेको राजमार्ग बनाउने प्रस्ताव आईतबार सांझ बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। 

यो राजमार्ग पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्री मधेसका उपत्यकाहरुलाई जोड्ने गरी बनाउने प्रस्ताव गरिएको छ। मदन भण्डारी राजमार्गको नाममा निर्माण प्रस्ताव गरिएको यो राजमार्ग  झापाको शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली माडी, हेटौडा, गैडाकोट,रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुल्सीपुर, बोटेचौर, सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा र रुपाल सम्म पुग्ने छ। 

त्यसैगरी बैठकले सोमबार राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम सम्बन्धी सम्बोधन प्रस्तावलाई स्वीकृत गरेको छ। सबै प्रदेशका मुख्यमन्त्रीलगायत कर्मचारीहरुको दरबन्दी सम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको छ। सरकारले ३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृहमन्त्रालयका सह सचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीको म्याद जेठ मसान्त सम्म थप गरेको छ।

राष्ट्रिय विमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक झापालाई नियुक्त गर्ने र सबै मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णय बैठकले गरेकोे सरकारका प्रवक्ता सूचना प्रविधि तथा संञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।