– बाँधिने अटुट बन्धनमा–

७ जेठ २०७५

banner

बिष्णुसिंह ‘बैजु’

           
भिज्न कति रमाईलो,
गर्मी मौसमको बर्षातमा।
घुम्न कति रमाईलो,
हरिया जंगलको फाँटमा ।।

बाचा गर्छ्न दुबैले,
जवानीको आवेगमा।
बाँधिने अटुट बन्धनमा,
जिउने–मर्ने साथमा।

लाग्छ तिनलाई जवानी,
सुगन्धित सुन्दर फुल झैं।
गुनगुनाउछ्न कहिले गीत,
सुनाउँछ्न कहिले कहाँनी।

सज्जिएको सुन्दर तन,
भाव बिह्वल विचार।
प्रेमको गहिराईमा,
डुब्न खोज्छ मन।

कति छ्न कठिन संघर्ष, 
कल्पना भन्दा टाढा जीवनको।
नगर्नु कुनै क्षणिक भुल,
नष्ट हुनेछ मिहेनत बर्षौको।

चाहना सबैको,
सुन्दर फुल चाहने।
तर, जिन्दगी कुनै कृत्रिम,
फुलका गुच्छा होईनन्,
जो कहिले ओईली नजाने।

आँधी आओस, हुरी आओस्,        
अनी थाहा हुनेछ्,
सब्बेबाट घर पुग्न
कति टाढा छ भनी।

दरिद्रता छाओस, कठिनाई आओस
अनि थाहा पाउनेछौ,
उनको माया, 
कति गाडा छ भनी।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »