म निकै खूशी छु, आज पहिलो महिनावारी भए

१४ जेठ २०७५
banner


यमुना ददेल

पहिलो पटक आज म महिनावारी भए,
जब भए तब म खुशीले आभारी भए।
हिजोसम्म के हो ? र के हो ? शंका थ्यो
अब मन ढुक्क भो, शरीर पूरा नारी भो ।

अहिलेसम्म महिनावारी नहुँदा गाउँमा,
लाज पचाई छक्का भने कचहरी भो ।
तर, आज मलाई छुई भो, पर सरी भो,
कपाल नुहाउने भो, हो महिनावारी भो ।

सोच्थे कस्तो होला अनुभव गर्न पाँउ,
बन्द आकाशबाट रक्ताम्य रातो झरी भो ।

हिजोसम्म छि–छि दुर–दुर घृणा पात्र थिए,
आज अचानक मेरो जीवन स्वर्ग कि परी भो।

महिनावारी शुरू भो आनन्द पाउने भए,
असल बिउ हुर्काउन फलाउन सक्ने भए
उब्जाउने कोख अब खेती योग्य गरा भो
रगत बगी शितल छहरा, जीवन हराभरा भो।

म निकै खुशी छु आज, म महिनावारी भए,
तर, क्षणमा खुशीलाई दु्ःखको तस्करी भो ।
सुत्ने मैरो छोडी मेरो छाउ गोठमा सवारी भो 
मान्छे भएर पनि मलाई ब्यवहार कुकुर सरी भो ।

मुसीकोट नगरपालिका–१३ 
पश्चिम रुकुम
हालःकाठमाडौ ।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l