आहा ! रानीमहल, चार तस्वीरमा हेर्नुहोस् रानीमहलको सुन्दरता

१७ जेठ २०७५

banner

सुशिल नेपाल

पाल्पा । चारैतिर पहाडले घरेको छ । नजिकै सलल कालीगण्डकी बगिरहेछ । खुला बगर अनि एकान्त वातावरण। प्रकृतिले दिनुपर्ने सुन्दरता सबै दिएजस्तो लाग्छ । त्यहाँ पुग्ने जो कोहिलाई त्यहाँको सुन्दरताले मोहित तुल्याउँछ। 

त्यहाँको दृश्यले सबैलाई मोहित अनि आकर्षित पारिरहन्छ– त्यो हो, –पाल्पामा अवस्थित ‘रानीमहल’, जसलाई नेपालको ‘ताजमहल’ पनि भन्ने गरिन्छ । प्रकृतिकै उपहारजस्तो मानवनिर्मित हालको तानसेन नगरपालिका वडा नं. १३ मा अवस्थित रानीमहलले जोकोहीलाई लोभ्याउँछ।

रानीमहल दरबारलाई नेपाली युवा–युवतीले राणाकालीन समयदेखि नै प्रेमको प्रतीकको रुपमा मान्दै आएका छन् । रानीमहल दरबार खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएका हुन। 

खड्गशमशेरले वि.सं. १९४९ सालदेखि निर्माण सुरु गरेको रानीमहल दरबार १९५४ सालमा पूरा भएको थियो। पे्रमको प्रतीकको रुपमा रहेको ऐतिहासिक धार्मिक र प्रर्यटकीय रुपले अति महत्वपूर्ण रानीमहल तानसेनदेखि झण्डै १४ किलोमिटर उत्तरमा पर्छ । डिसी नेपालले हालै कैद गरेका चार तस्वीरमा हेर्नुहोस् रानीमहलको सुन्दरता। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »