कालिको प्रेम र जुलिको आँसु

२१ चैत्र २०७३

banner

कालिको प्रेम र जुलिको आँसु
 
गाउँ नजिकै एउटा घनाघोर जङ्गल थियो। त्यो गाउँका मान्छेहरु सधैं गाईबस्तु भाउ तेहि जङ्गलमा चराउन छोड्ने गर्थे। 
तेसै गाउको जामुने-बा का पनि थुप्रै चौपायाहरु थिए। एउटा कुकुर पनि पालेका थिए। ती बुढाका चौपाया र कुकुर बिच पनि निकै राम्रो प्रेम सम्बन्ध थियो।

सधैं झै आज पनि चौपायाहरु साझ बेला भए पछि गोठ फर्केका थिए तर बुढाको काली गाई हराए छ। काली गाईले जङ्गलमै पल्लो गाउको एउटा गाईलाई साथी भनाएको थियो। त्यो दिन तिनिहरु संगै थिए गोठ फर्किने बेला भए पछि काली गाईले धेरै टाढा पुगिसकेको थाहा नै पाएन। साथी संगै चर्दै जादा फर्किने बाटो नै बिर्से छ।

काली गाईलाई पनि एक्लै जङ्गलमा डर लागे छ। फर्किने बाटो पनि बिर्सेको, तेसैले आज साथिकोमा जाने बिचार गरे छ। साथिले पनि संगै जाउ भन्ने ईसारा गरे पछि पल्लो गाउँ तर्फ लाग्यो काली गाई। यता काली गाईको प्यारो साथी कुकुर जुलि चै तनबमा परेछ  काली गाई नफर्केको देखेर। बिचरा जुलि एक्लै भुक्दै-भुक्दै बिच जङ्गल सम्म त खोज्न गयो तर नभेटेपछि घर फर्कियो। कालिगाईको बाच्छिको हालत पनि उस्तै आमा आउछे रे दूध खाउला भनी बाटो हेरेको हेरै, कराएको कराएइ।

कलि गाई चै आज आफ्नो साथिको गोठ तिर लाग्यो। अबेला भए पछि साथिको गोठमा पुग्यो। नयाँ देखेर सबै चौपाया बिरानो मानेर हेर्दै थिय, कोहि लजाए जस्ता अनि कोहि चौपाया रिसाए जस्ता। काली गाई आफ्नो साथिको छेउमै भित्ता तिर गएर उभियो। जब त्यहाँको मालिक चौपाया हेर्न आयो उज्यालो लियर हेर्दै जादा उस्ले बिरानो गाई देखे पछि गाली गर्दै लौरोले कुट्दै लखेट्यो। नयाँ गाउँमा काली गाई कहिले कता जान्छ कहिले काता। सबै तिर मान्छेहरुले गाली गर्दै लखेट्न थाले। काली गाई भग्दै अर्कै जङ्गलमा पुग्यो। 
रातभरी एक्लै कुटाई खाएको दुखाई अनि तेस्तै डर लाग्दो जङ्गल। घरमा सानो बाच्छी छ, आफ्नो बाच्छिको यादमा रातभरी आँसु पोक्दै एउटा रुख मुनि बिताउछ। 

जब भोलि पल्ट उज्यालो हुन्छ अनि कराउदै भोकै आफ्नो गोठ फर्किने बाटो खोज्न थाल्छ। उता कुकुर जुलि पनि कालि गाईलाई खोज्दै जङ्गल तिर जान्छ। दिनभरिको खोजाई बाट दुबैको घनाघोर जङ्गलमा भेट हुन्छ। दुबैका हर्षले आँसु खस्छन। 
अब देखि नछुट्टिने भन्दै काली गाईलाई बाटो देखाउदै जुलिले आफ्नो घर तिर ल्याउछ।
 जब भोलि पल्ट काली गाई घरमा पुग्छ त्यहाँ काली गाईको बाच्छि बिचरा दुई दिन देखिको भोकै आमा खोज्दै रुदा-रुदा कराउनै नसक्ने भएको हुन्छ। काली गाई कराउँदै गोठामा पस्छ। जब बाच्छिले आफ्नो आमालाई देख्छ खुसी हुँदै उफ्रीन्छ। काली गाईले मायाले चाट्दै बाच्छिलाई पेट भरी दूध चुसाउछ। अनि आमा छोरी संगै सुत्छन बच्छिको आँखामा आँसुको जालो कालिले
 सफा गरिदिन्छे अनि आमाको आँसुको जालो बाच्छिले अनि  निदाउछन।
मोरल:- पशुहरु भित्र पनि एउटा आफ्नै खालको चेतना, प्रेम र स्नेह हुन्छ। दु:ख र सुखमा रुन्छन। जब पिट्छौ हामी तेति बेला आँखा बाट आँसु खसाल्छन, बिरामी हुँदा अर्कै गरि कराउछ्न, रुन्छन, आँखा बाट आँसु बगाउछ्न। आफ्नो अरुको चिन्छन, तिनिहरुका पनि आफ्नै साथी, सन्तान, परिवार जस्तै हुन्छ।
तर हामी सर्बश्रेष्ठ पाणि मन्छे भएर त्यो बुझ्दैनौ, जब कुकुर संग मजाक गर्दै गर्दा कुकुरले टोके जस्तो गर्दा खेरि आईया गर्दा छ्याट छोड्छ त्यो उस्को प्रेम र चेतना हो। जनावरलाई पनि बुझ्नु पर्छ हामिले, जनावर पनि हाम्रै साथी हुन।

Leave a reply

HTML Tags are not supported

Post My Comment »