कविता - ‘जीवनयात्रा’ - बिष्णुसिंह (बैजु)

१७ जेठ २०७५
banner

रोक्न जती खोजे पनि,
मुस्कान अनुहारमा नरोकिने।
छोप्न जती खोजे पनि,
चन्द्रमा झैं कालो कोठी देखिने।
धेरैले उनीसंग,
बोल्न मरिमेट्ने।
तर जवाफै नदिई उनी,
आफैंमा मस्तरह्ने।

अरुले जिस्काए पनि,
अनुहारमा असार नदिखिने।
मनमा रिस उठेपनि,
प्रतिकार नगरी सहने।

बाधा अवरोध
जती नै आओस
नदि समुन्द्र तिर,
गन्तब्यमा बढे झैं।

औसीको रात जतिनै
कालो छाओस,
बिहानीको उज्यालोतर्फ
उन्मुख भए झैं।

आँधीहुरी अनेक कठिनाइ,
रोक्न खोज्छ्न मार्ग उनको।
तर अघि बढीनै रहेछ,
जीवन यात्रा उनको।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l