नाला निर्माणमा लापरबाही गर्दा इन्जिनियरसहित तीन पक्राउ

१९ जेठ २०७५

banner

विराटनगर । विराटनगरको छ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा आज तीन जना प्राविधिक पक्राउमा परका छन्। 

विराटनगरको महेन्द्रचोकदेखि सडकको किनारमा निर्माण गरिएको नालामा कमसल सामान प्रयोग गरेको आरोपमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनका इन्जिनियर रविराज पन्त, ओभरसियर विनय साह र सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नगर प्रमुख भीम पराजुलीले नालाको अनुगमन गर्दा कमसल सामान प्रयोग गरेको पाइएपछि नगर प्रमुखकै आग्रहमा उनीलाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष