अमेरिकाको ओक्लाहोमा नापा सम्मेलन सम्पन्न (फोटो फिचर)

२० जेठ २०७५
banner

अमेरिका । अमेरिकाको ओक्लाहोमा नापा सम्मेलन सम्पन्न भएको छ।

अमेरिकामा रहेका नेपाली कृषि विज्ञहरुको संगठन नापाको पहिलो दुई बर्षे सम्मेलन २०१८ भव्यताको साथ सम्पन्न भएको हो।

‘कृषिको नयाँ प्रविधि परिवर्तनद्वारा प्रविधिहरु विश्व खाध्य सुरक्षा’ भन्ने मुल नाराका साथ गत मे २६–२७ तारिखमा ओक्लाहोमा सम्पन्न भएको हो।

क्यानडा, नेपाल र सयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुमा रहेका कृषि वैज्ञानिक, प्राध्यापकले उक्त कार्यक्रममा कृषि सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनलाई प्रभावकारी बनाउन केहि खेलहरुको पनि आयोजना गरिएको थियो । जसमा सबैभन्दा बढी गल्फ खेल खेलाइएको थियो । उक्त खेलमा २० जना जति खेलाडीहरुले सहभागिता जनाएका थिए। गल्फ खेलसंगै तीन वटा खेलहरु खेलाइएका थिए।

नापा सम्मेलन सम्पन्नको रात्री भोजमा संस्थाका अध्यक्ष डा. लिला बहादुर कार्कीले मिसिगन राज्य बिश्व बिद्यालयका प्राध्यापक तथा नापाका सल्लाहकार परिषद सदस्य डा. नन्द जोशीले बिजयीलाई सम्मान गरेका हुन्।

गल्फ खेल्ने खेलाडीहरुमा क्रमश बिजेश मिश्र, अमन भट्ट, योगेन्द्र उपाध्याय, सुजन भट्टराई, गौतम कुमार जोशी, संजोक पौडेल, सरोज खड्का, सैलेश भट्टराई, संगीता कार्की, बिनोद ज्ञवाली, भारत पोख्रेल, सन्तोष थापा, डा. बुद्धि ज्ञवाली, डा. मेघ पराजुली, डा. नित्य नन्द खनाल, श्रीमती चन्द्रा खनाल, डा. द्रोण रसाइली, सर्मिला पराजुली तथा केमिका भण्डारी रहेका थिए।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।