दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
२१ असार २०७९ १३:१०

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र न्यादी ग्रुप पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सिवाईसी नेपाल लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ भने न्यादी ग्रुप पावरको सेयर भाउ ९.९७ प्रतिशतले वृद्धि भएको छ।

सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १ सय ४० रुपैयाँ ३० पैसाले बढेर १ हजार ५ सय ४३ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, न्यादी ग्रुप पावरको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ ९० पैसाले बढेर ३ सय १८ रुपैयाँ ८० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *