२० फीट गहिरो इनारभित्र खसेको चितुवा सिढी चढेर बाहिर आयो

२३ जेठ २०७५

banner

रोचक । जनाबरहरुमा सबैभन्दा द्रुत गतिमा गदुर्न सक्ने जीव कुन हो भन्ने प्रश्न कसैले हामी सामु राख्यो भने हामी सबैको दिमागमा चितुवाको आकृति आउँछ ।

हो, चितुवा जीवहरु मध्ये सबैभन्दा दु्रत गतिमा छलाङ लाउन सक्ने जनाबर हो । यो हेर्दा आकर्षक देखिए पनि आक्रामक स्वभाव को हुन्छ । मांसाहारी जीव भएको ले होला चितुवाले आफ्नो शिकार आक्रामक तरिकाले गर्छ ।

आफूभन्दा ठूलो जनावरलाई समेत आफ्नो सिकार बनाउन सक्ने हिम्मत र ताकत भएको यो जीव जंगलमा बस्न रुचाउ छ । हिंस्रक स्वभाव भएकोले होला चितुवा देखेर मानिस मात्र होइन अरु जनावरहरु पनि डराउने गर्छन् ।

तर हाम्रो गाउँमा एउटा भनाई छ नि – उँटले आफ्नो कद पाहाड छेउ पुगेपछि मात्र अनुभव गर्छ । यस्तै एउटा रोचक घट्ना यो भिडियोमा सुट गरिएको छ ।

गाउँको पानीइनार भित्र संघर्ष गरिरहेको एउटा चितुवाको उद्धारमा गाउँले जुटनु पर्यो । उखरमाउलो गर्मीमा जंगलबाट गाउँको इनार भित्रको पानी खान खोज्दा चितुवा उक्त गहिरो इनारभीत्र लड्न पुगेको बताइन्छ ।

अनि गहिरो इनारभित्र उद्धारको पर्खाइमा रहेको चितुवालाई गाउँलेले काठबाट निर्मित सिढी इनारभित्र राखिदिएपछि बाहिर आउँछ ।

बाँसको सिढीको सहायताले २० फीट गहिरो इनारबाट बाहिर आउन चितुवाले देखाएको जुत्ती हेनुहोस् यो भिडियोमा । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष