लेनदेनको विवादमा दाउरा प्रहार, एक जनाको मृत्यु

२४ जेठ २०७५

banner

बारा। लेनदेनको विवाद हुँदा बारामा दाउरा प्रहार गरी एकजनाको मृत्यु भएको छ।

मृत्युकलैया उपमहानगरपालिका–१२ शितलपुर बस्ने ६५ वर्षीय मेनेजर साहकानुको दाउरा प्रहारबाट मृत्यु भएको छ।

बुधबार राति सोही ठाउँ बस्ने मखन साहकानु र उनीबीच लेनदेनको बिषयमा कुरा भइरहेको अवस्थामा मखन साहकानुको २२ वर्षीय छोरा दिपक साहकानुले दाउराले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका मेनेजरलाई उपचारको लागि न्यूरो अस्पताल बाँसबारी काठमाडौं पठाइएकोमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको थियो।

फरार दिपकको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष