भारतीय सुरक्षा बलको सहयोगमा १८ बालबालिकाको उद्धार, २ नेपाली तस्कर पक्राउ

२४ जेठ २०७५
banner

भीमदत्तनगर । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट आज उद्धार गरेको छ ।

इलाका पहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारतीय सुरक्षा बलको सहयोगमा बालबालिकाको उद्धार गरेको जानकारी दिए ।

उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ । बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ । बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने प्रहरीको भनाइ छ ।
 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |