सुखी समृद्ध जीवनमा दैनिक व्यायामको योगदान !

२५ जेठ २०७५

banner

भारत पौडयाल

नयाँ दिल्ली, भारत । नियमित व्यायामद्वारा मानिस आफनो आयु लम्ब्याउनुका साथै सुखी र तन्दुरुस्त बन्न सक्छन्। प्रतिस्पर्धाको यस दौडमा हामीले आफ्नो शारीरिक स्वास्थ्यलाई अनदेखा गरिरहेका छौँ। २१ औँ सताब्दीको यस परिवर्तनशिल समयमा हाम्रो शारीरिक स्वास्थ्मा भयानक परवर्तन देखिएको छ। 

अहिलेको परिस्थितिमा हामी आफ्नो शरीरलाई औषधिमा निर्भर हुन बाध्य बनाईरहेका छौँ। प्रदूषित वातावरण, दूषित पानी, केमिकलद्वारा उत्पादन गराएका तथा बनाइएका खाद्य पदार्थ, प्रतिस्पर्धाको दबाब र गत १५ वर्षमा जसरी विश्व वैश्वीकरणमा परिवर्तन र इन्टरनेटको क्रान्तिले गर्दा हाम्रो जीवनमा दैनिक कार्य सरल सहजका साथै शारीरिक गतिविधिमा दिन प्रतिदिन कम भइरहेको हुनाले हाम्रो शारीरिक अवस्था कमजोर र प्रतिरक्षा शक्तिमा कमिआइरहेको छ। जसले गर्दा दिन प्रतिदिन कुनै न कुनै रोग लाग्नु सामान्य जस्तै भएको छ, परिणामस्वरुप हाम्रो स्वास्थ्य तिब्र गतिमा नकारत्मक अवस्थातर्फ बढीरहेको छ। 

५० वर्ष पछि लाग्ने सम्भाबित रोगहरु अहिलेको समयमा 30 वर्षका युवा - युवतीहरुमा लाग्नु सामान्य भएका छन् । मोटापापन (Obesity), रक्तचाप (Blood Pressure), हृदय समस्या र फोक्सोको समस्या (Heart and Lung function Problem), मधुमेह (Diabetes), हड्डी घनत्व कमजोर हुनु (Bone Density) जस्ता समस्याहरु लाग्ने कारणहरु धेरै भएता पनि मुख्यत् हाम्रो दैनिक जीवनमा व्यायामको कमी कारण नै यस किसिमका समस्याहरु लाग्ने गरेको देखिन्छ। 

दैनिक जीवनमा शारीरिक व्यायाम किन गर्नु पर्छ ? व्यायाम गर्नाले कुन किसिमका समस्या बाट लड्नका लागि प्रतिरक्षा शक्ति वृद्धि गरि हाम्रो शरीर सुरक्षित रहन सक्छ जस्ता केहि महत्वपूर्ण बिषयहरु निम्न प्रकार छन् ।

१. दूषित वातावरण -  शहरीकरण र विकासले गर्दा हाम्रो वातावरणमा हानिकारकको मात्र सामान्य भन्दा धेरै अधिक भएको छ। 

२. केमिकल फुड - विज्ञानको दुरुपयोग गरि जसरि हामीले दिनप्रतिदिन प्रयोग गर्ने फल, सब्जी, मासु (खाद्यन पदार्थ) को समय भन्दा पहिला र क्षमता भन्दा अधिक मात्रामा उत्पादन गर्नकालागि केमिकल युक्त औषधि को प्रयोगले गर्दा हाम्रो शरीरमा प्रतिरक्षा शक्ति कम हुदै रहेको छ। 

३. इन्टरनेट - प्रतेक व्यक्ति संग मोबाइल छ र जसरि हामीले दैनिक धेरै भन्दा धेरै समय मोबाइल प्रयोगमा व्यतीत गरिरहेका छौ जस्ले गर्दा हाम्रो शारीरिक गतिविधिहरुमा सीमित सीमा बाधिएको छ र शरीरमा गतिशीलता नहुनाले हड्डी घनत्व नकारात्मक का साथ कमजोर भएको छ।

 ४. प्रतिस्पर्धा - खेल, व्यापार, अध्ययन वा जागिर, प्रतेक स्तरमा कडा प्रतिस्पर्धा हुनाले खेलाडीहरुले आफ्नो प्रदर्शनलाई उच्च स्तरमा लैजानका लागि प्रतिबन्धित औषधिको सेवन र व्यापारमा पनि प्रतिस्पर्धा अत्यधिक हुनाले व्यवसायी हरुलाई मानसिक तनाब अत्यधिक हुन्छ र तनाव मुक्त हुनका लागि मदिरा लगायतका लागु औषधि सेवन भएको छ।

आमजनता यसको चपेटमा आएका छन्। आर्थिक स्थिति कमजोर हुनाले मासिक वेतन लिने व्यक्तिमा आफ्नो रोजगार असुरक्षित भएको छ जसले गर्दा मानसिक तनाव एक सामन्य भएकोछ। 

भानिन्छ रोग लगेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम हो। त्यसैले समस्याको उपचार भन्दा पनि समस्या बाट बचाव भएको धेरै राम्रो हो।

ज्ञानीहरुको भनाइ छ जिन्दगि भरि खाई - नखाई आफ्नो शरीरिक स्वास्थ्य बाट सम्झौता (लापरवाह) गरि आर्जित गरेको धनलाई फेरी शरीरलाई स्वास्थ्य निको बनउनका निम्ति अस्पतालमा धन र समय को बर्बादि गर्नु भन्दा राम्रो दैनिक जीवनमा व्यायामलाई महत्वपूर्ण स्थान दिएर धन का साथ शारीरिक स्वास्थ्यलाई सहि बाटो दिन सकिन्छ। 

शारीरिक व्यायाम गर्दा के-कस्ता समस्याबाट हामी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा यो छोटो जानकारी मात्र हो। अर्को लेखमा मुख्य रुपले शरीर, स्वास्थ्यका साथ व्यायाम बाट सम्बन्धित जानकारी तथा वर्तमान परिदृश्य जसरि जिम प्रशिक्षक द्वारा गराइने भ्रामक र शारीरिक फिटनेसका लागि आवश्कता जानकारी हुनेपर्ने ज्ञान मुख्य एजेन्डा हुने छ। 

 

उदाहरण शारीरिक रूपले फिटको (physically fit) परिभाषा के हो ? 

दैनिक जीवनमा व्यायाम को आवश्यकता किन पर्दछ ? 

शारीरिक रूपले फिट हुनका लागि जिममा नै जानु पर्छ र ? 

आफ्नो दैनिक रुटिन तथा खान - पानको हाम्रो शारीरिक फिटनेसमा के भूमिका हुन्छ ? 

कृत्रिम भोजन (artificial supplement) को हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव ? 

शारीरिक स्वस्थ मानव जीवन को एक महत्वपूर्ण भाग हो त्यसैले नै होला हामी भन्छौ स्वास्थ्य धनम सर्वधनम। यदि हामी शारीरिकरुपमा स्वस्थ छौ भने मात्र जीवनमा जुनसुकै कठिन लक्ष्य हाशिल गर्न सक्छौँ। शारीरिक स्वस्थ व्यक्तिका लागि धन - सम्पति, क्यारियर सबै सम्भव छ तर शारीरिक रूप देखि अयोग्य व्यक्ति लागि लागि संसारको सम्पूर्ण सुख दिए पनि अधुरो हुन्छ।

 हिँडिरहनुहोस्, फिट रहनुहोस् ...

भरत पौड्याल

पवार - लिफ्टर (राष्ट्रिय गोल्ड मेडलिस्ट) 

प्रमाणित फिटनेस विशेषज्ञ (Certified Fitness Trainer)

Leave a reply

HTML Tags are not supported

Post My Comment »