नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको साधारण शेयर प्रत्याभूति गर्ने

डिसी नेपाल
५ साउन २०७९ ७:३७

काठमाडौं। नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ। दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन्।

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत् कम्पनीका तर्फबाट भूषण गुरागाईंले हस्ताक्षर गरेका थिए। कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याउँदै छ । कोषले १०० रुपैयाँ अंकित दरले ५४ करोड ८८ लाख रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *