स्वीडेनको राष्ट्रिय दिवसमा नेपाली संस्कृतिको प्रदर्शन

२६ जेठ २०७५

banner

राजकुमार पाठक

स्वीडेन । स्वीडेनको राष्ट्रिय दिवसको अवसरमा नेपाली संस्कृति प्रदर्शनी गरिएको छ।

जुन ६ तारिकका दिन स्टकहोममा स्वीडेनको राष्ट्रिय दिवसको उपलक्ष्यमा  Kulturhuset Skarpnäck Stockholm ले आयोजना गरेको कल्चर फेस्टिबलमा गैर–आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनको तर्फबाट नेपाली संस्कृति झल्किने विभिन्न जनजातिका भेषभूषाको नेपाली पोशाक प्रदर्शनी गरिएको थियो।

स्वीडेनमा अवस्थित बिभिन्न समुदायहरुले भाग लिएको सो कार्यक्रममा गैर–आवासीय नेपाली संघलाई आफ्नो प्रस्तुतिको लागि समय दिइएको थियो।

संघका सचिव राजकुमार पाठकद्वारा नेपालको भेष–भूषा, भाषा–संस्कृति, रहनसहन–रितिरिवाज आदिको बारेमा स्वीडिस भाषामा जानकारी गराईएको थियो।

नेपाल भौगोलिक दृष्टिकोणले जतिसुकै सानो भएपनि भाषिक र साँस्कृतिक दृष्टिकोणले विश्व मानचित्रमा एक सम्पन्न देशको परिचय बनाएको नेपाल बिबिध जातजातिहरुको एक साझा फुलबारी हो भनि चिनाइएको थियो।

सिगों विश्वलाई अचम्मित पार्ने महामानब गौतम बुद्धलाई जन्म दिने नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहने तथा बिबिध किसिमका जातजाति तथा उनीहरुका जीवनशैली, सँस्कृति र सभ्यताहरुसँग साक्षात्कार गर्न चाहने, विश्वको कुनै पनि मुलुकका पर्यटकहरुको लागि नेपाल एउटा सुन्दर गन्तव्य हुनुका साथै सुरक्षित समेत रहेको प्रष्ट पारे।

नेपालको पर्यटन विकास प्रवर्धन गर्ने हेतूले समस्त स्वीडेनबासीलाई नेपाल घुम्न जान निम्तो तथा अनुरोध गरे। मन्तब्य पछि लाइन बद्ध रुपमा नेपालको जनजातिहरुको पोशाक पहिरन प्रदर्शनका साथै पहिरन को ब्याख्या समेत गरिएको थियो।

जसमा क्रमशस् शेर्पाको पोशाकमा प्रविन श्रेष्ठ र बिनु क्षेत्री, मगरको पोशाकमा घनश्याम पुन र पुष्पा पुन, गुरुङको पोशाकमा कुमार गुरुङ, मित्रु गुरुङ र एलिन गुरुङ, नेवारको पोशाकमा ध्रुब क्षेत्री र सरिता ढकाल, थारुको पोशाकमा रामचन्द्र गौतम र श्रीमाया पाईजा, ब्रम्हाणको पोशाकमा प्रबेश कुँवर र अम्बिका सिग्देल, लिम्बुको पोशाकमा अर्जुन कुमार श्रेष्ठ र उषा गौतम अन्त्यमा तामाङ्गको पोशाकमा लक्ष्मण खड्का र शर्मिला पाईजाबाट प्रदर्शन गरिएको थियो।

अन्त्यमा नेपालको अत्यन्त लोकप्रिय मारुनि नृत्य देखाईएको थियो जसमा दिया श्रेष्ठ, सृजना तामाङ्ग, अम्बिका खनाल र कुशुम आचार्यको प्रस्तुति रहेको थियो। सुन्दर नृत्यसँगै उक्त कार्यक्रम सकिएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »