चीन भ्रमणमा गएका एक नेपालीको मृत्यु

२६ जेठ २०७५
banner

काठमाडौँ। चीन भ्रमणमा गएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ।

चीन भ्रमणमा गएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको हो। 

कास्कीको चापाकोट स्थायी घर भएका ६६ वर्षीय पराजुली सरकारी स्कुलबाट अवकाश भएर पोखरामा सबलाइन बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका थिए ।

दुई हप्ता अगाडी चीन भ्रमणमा गएका पराजुलीको शव नेपाल पठाउने या उतै दाहसंस्कार गर्ने विषयमा बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टरसंग सल्लाह भएको बताइएको छ।

चीनबाट नेपाल शव ल्याउन ७८ हजार चिनियाँ युआन अर्थात् १३ लाख नेपाली रुपैयाँ पर्ने गर्छ।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।