अमेरिका-नेपाल सोसाइटीको आयोजनामा भर्जिनियामा वन भोज कार्यक्रम सम्पन्न

२७ जेठ २०७५

banner

सुनिल हुमागाई 
वासिङ्गटन डिसी । अमेरिकामा भएको नेपालहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीले वार्षिक बनभोज कार्यक्रमको आयोजना गरेको छ।

वर्षेनी बनभोज कार्यक्रम गर्दै आएको यो संस्थाले उक्त परम्परा कायम राख्नका लागि यो वर्ष पनि बनभोज कार्यक्रमको आयोजना गरेको हो। बनभोजमा डिसी, मेरील्याण्ड र भर्जिनियामा बस्दै आएका नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो।  

बनभोजमा सहभागी बनेका स्थानीय, बालबालिका तथा युवाहरुले निकै मनोरञ्जन लिएका थिए। उक्त बनभोज कार्यक्रम रेस्टन भर्जिनियाको लेक फेएर फ्याक्सको पिकनिक सेल्टरमा भएको थियो। 

बनभोज कार्यक्रममा आयोजक एएनएसले स्वीमिङ, फिसिङ, हिकिङ, बोटिङ जस्ता क्रियाकलापको पनि व्यवस्था मिलाएको थियो। 

अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको बन भोज कार्यक्रमको भिडियो

अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको बन भोज कार्यक्रमको फेसबुक लाइभ भिडियो

Leave a reply

HTML Tags are not supported

Post My Comment »