गुडिरहेको अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु

२७ जेठ २०७५
banner

सुर्खेत । पञ्चपुरी नगरपालिकामा आज अपराह्न अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीया विनिता शाही र उनकी आठ महिनाकी छोरी प्रतीक्षा तथा सोही वडाकै अटो रिक्सा चालक २६ वर्षीय अशोक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। घाइतेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। 

विशेष

ताजा भिडियो

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l

कडा प्रश्नोत्तरः सरकारको रिस यसरी पोखियो क्यामेरामा । Rajendra Mahato Interview l DCNepal l