अनेसास, अमेरिका र म

२७ जेठ २०७५

banner

गोवर्धन पूजा 

अमेरिका, बोस्टन । अनेसास नेपाल च्याप्टरको सह–सचिव चुनिएँ । थाहा छैन त्यो दिनको मिति र वार महाराजगन्जको रिचमण्ड बेकरी क्याफेको एउटा कुना्र डा। धुर्वचन्द्र गौतमको प्रमुख आतिथ्यको जमघट्र अध्यक्ष बनेका थिए । वियोगी बुढाथोकी र उनको नेतृत्वमा थियौं । शंकर भारती, सन्ध्या पहाडी, मनोज न्यौपाने, कृशु क्षेत्री अनि अन्य केहि सहितको म ताली बज्यो, बजाइयो।

पुस्तक बिमोचन, कविता वाचन अनि खानपिनको त्यो रमाइलो त्यो साँझ बस् त्यत्ति सम्झना छ यतिखेर तर, त्यो कार्यको सुरुआतले मलाई यतिखेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्य समितिको महासचिवसम्म आउने अवसर प्रदान गरेको छ र म महासचिव छु यतिखेर कथा अनेसासको हो।

अनेसास, म अनि मेरो अमेरिका प्रवेशको हो सन् २००९ को एकदिन लुम्ले कविता गाउँको घोषणा सभाको साक्षी बन्न पुगेको त्यो पल्र विनोद गौचनको परिकल्पनामा अमृत भादगाउले, प्रकट पंगेनी शिव, विप्लव ढकाल, रमेश पौडेल, अनि शिव प्रकाश शिव प्रकाश हो उनै शिव प्रकाश, जो बोस्टनमा बस्थे र बस्छन् लुम्लेबाट फर्किएपछि उनले सिनामंगल स्थित घरमा केहि साथीहरूलाई भेटघाटका लागि डाके र भने, अगस्तमा अमेरिकामा साहित्यिक सम्मेलन हुदैछ।

कोही आउनु हुन्छ भने निम्तो गरें है निम्तो अमेरिका आउने निम्तो झन्डै एकवर्ष अघि अनेसास डिसीमेट्रो च्याप्टरका तत्कालिन अध्यक्ष गोविन्द गिरी प्रेरणाले पनि अमेरिका आउने निम्तो गरेका थिए डिसी मेट्रो च्याप्टरबाट साहित्यकार कृष्णचन्द्र सिंह प्रधानलाई अभिनन्दन र मलाई पुरस्कृत गर्ने समाचार सहित तर, अमेरिकी दुतावासले साहित्यकार प्रधानसंग आउने सपना साकार हुन दिएन।

कहिले पनि भुल्न सक्दिनं त्यो दिनको सम्बाद
तपाई साथीको भिषा भएन, तपाईलाई थाहा छ ?
– थाहा छ
– अब तपाईको पनि भएन
यत्ति भनेर फर्काइ दिएको थियो, मलाई दुतावासले मेरो रसिलो सपनामा अमिलो छर्केको अनुभव अनि वरिष्ठ साहित्यकार कृष्णचन्द्र सिंह प्रधानले अपमान महसुस गर्नु भएको त्यो क्षण
उहाँले मेरो मोटरसाइकलको पछाडि बसेर घर फर्किदै गर्दा भन्नु भएको थियो, ‘होइन भाइ, के म त्यहाँ काम गर्न जान लागेको हो र ?
मैले त्यति बेला ‘होइन दाइ’ भनेर मुन्टो हल्लाएँ तर, भित्री मनले आफूलाई ढाट्न सकिनँ, र मनमनै भने, ‘म त काम गर्न नै जान लागेको थिएँ भिषा नदिएपछि काठमाडौँको बजारमा हाम्रो हल्ला फैलियो, मेरो भन्दा पनि कृष्णचन्द्र दाइको्र उहाँको र मेरो अन्तर्वार्ता कान्तिपुर टेलिभिजनबाट प्रशारित भयो। हामी बजारको चर्चाको पात्र भयौ । उहाँले अलिअलि आक्रोस पनि पोख्नुभयो कान्तिपुर पत्रिकामा झन्डै एक पेजको आर्टिकल लेखे तर म चुपचाप बसें।

फरक थियो उहाँ र ममा उहाँ घुम्न जान लाग्नु भएको थियो। भिसा नदिनुले आक्रोशित हुनुभयो  तर म पाए काम गर्ने योजना बनाएको थिएँ । त्यसैले उहाँको जस्तो मेरो प्रतिक्रिया नहुनु स्वभाविक थियो।

पछि उहाँलाई दुतावासले भिसा लिन बोलायो रे भन्ने पनि सुनें, तर म चुपचाप बसें, किनकि मलाई एक प्रकारको लज्जा बोध भैसकेको थियो, अमेरिका जान्छु भनेर केहि साथीहरूलाई भोज पनि खुवाई सकेको थिएँ।

निम्तो।

हो निम्तो।

पछि शिबप्रकाशसंग सम्पर्क भइ रह्यो । र आफ्नो इच्छा देखाएँ। नभन्दै उनको माध्यमबाट संयोजक भारती गौतमको हस्ताक्षर युक्त निम्तो आइपुग्यो तर यस पटक पनि भिषा लाग्नेमा विश्वास थिएन।

कागजात पहिलो पटककै थियो । र त्यसमा आफू कार्यरत पत्रिका रेडियो र कलेजको बिदाको पत्र थपे र १२ हजारको जुवा खेल्ने योजना बनाए।
सपना देख्नु पर्छ । पैसा तिर्न नपर्ने सपना देख्न कन्जुस्याइँ किन गर्ने ? तर मैले यतिखेर पैसा तिरेर सपना देख्दै थिएँ।

ज्योतिषलाई चिना देखाए । साहित्यकार तथा ज्योतिषाचार्य रत्ननिधि रेग्मी म भाग्यलाई कर्मले सिंगार्नुपर्छ भन्ने मान्छे्र थाहा छ डोकोमा दूध अडन सक्दैन तर अड्याउन जान्नु पनि पर्छ्र अडिन्छ्र ‘कागज दर्ता गर्ने बेला महिला साथीलाई लिएर जानु, शुक्रबार अपरान्हको समय उत्तम छ आदि आदि’ कसलाई खोज्ने अव ? आठ महिनाको गर्भवती श्रीमतीलाई लिएर जान पनि गारो । फेरि जो पायो त्यहीलाई भन्दा बढी हल्ला हुने डर । जुन यसपटक कत्ति चाहदैन थिएँ।

एकजना साहित्यिक साथी राधा बास्कोटा अर्थात् अहिलेकी अपराजिता खुशी । दाइ भन्थिन मलाई र मैले काम गर्ने अन्नपूर्ण पोस्टको कार्यालय नजिकै बस्थिन । कागज बुझाउने दिन अचनाक भेट भयो, हल्ला नगर्ने सर्तमा भोलिपल्ट मेरो काम गर्ने सल्लाह बन्यो।

सपनाको खेती गर्न उनको सहयोग मैले एककप कफीमा साटे्र।

अन्तर्वार्ताको दिन । ममा आशा थिएन् तर प्रयास गर्नुपर्छ भन्ने भावना जागृत थियो । बिहानै सहकर्मी डा. प्रदीप भट्टराईले फोन गरेर भने, ‘कन्फिडेन्टका साथ बोल्नुहोला, तपाईको हुन्छ।

पक्कै म कन्फिडेन्ट थिएँ्र किनकि हुन्छ भन्ने निश्चित थिएन।

लाममा बसेपछि थाहा भयो मैले त बूकिंग गरेको टिकेट नै घरमा छोडेर गएछु्र तत्काल ज्योतिषले भनेको कुरा सम्झें, ‘केहि कागज छुट्न सक्छ, तर हुन्छ।

तर हुन्छ, भन्ने आशामा प्रथम पटक आशावादी बनें।

– अन्तर्वार्ता सुरु भयो पहिलो प्रश्नबाट

– किन जाने ?

– साहित्यिक सम्मेलनमा सहभागी हुन

– तपाई नै किन ?

म यसबर्षको मोति पुरस्कार बिजेता, नेपाल सरकारले ४० बर्ष मुनिको युवालाई दिने सबैभन्दा ठुलो पुरस्कारको यस वर्षको बिजेता म कार्यक्रम मोति जयन्तिमा हुने भएकाले मलाई बोलाएको।

पूर्व योजना बिनाका यी प्रश्नका यी सटिक उत्तर कहाँवाट आए, मलाई नै थाहा भएन्र अन्तर्वार्ता लिने मान्छे एकछिन अक्मकिए र नेपाली सहयोगीलाई बोलाए । उनले पनि केरकार गरे । मैले साथमा भएको सुनको जलप युक्त मोति पुरस्कारको तक्मा देखाई दिए । उनीहरू छलफल गरे र पारिवारिक अवस्था जान्न खोजे।

मैले पनि जे त होला भनेर गर्भवती श्रीमतीको मसंग भएको अल्ट्रा साउण्डको रिपोर्ट पनि देखाएँ्र मलाई थाहा थियो, ‘उनीहरू म नेपाल फर्कने दरो आधार खोज्दैछन, जुन एउटा मात्रै भिसा दिने आधार हो।’ 

केहिवेरको मौनता पछि भने, ‘तपाईलाई सिंगल इन्ट्री दिन्छौ, हुन्छ ?’

मैले अरु कुरामा ध्यान दिइन, मात्रै सुने, ‘भिसा दिने कुरा।’ 

मन रोमान्चित भयो । ढुकढुकी बढ्यो झन्डै एक घन्टाको केरकार पछि मेरो पक्ष्यमा फैसला भएको थियो।

पासपोर्ट छोडेर म घर फर्किए । अझै शंकाको बादल थियो मनको आकाशमा । कतै भिषा नै नलगाई पासपोर्ट पो फिर्ता दिने पो हो कि।

– अन्नपूर्ण पोस्टको २८ हजार मासिकको वरिष्ठ उप–सम्पादकको जागिर, भी एस निकेतन, यल कलेज र मनकामना कलेजको प्रति पिरियेड २०० देखि २५० आउने प्राध्यापकीय सम्मान अनि मैत्री एफएमको ‘शब्द सारथि’ कार्यक्रमको प्रस्तोता एवं कार्यक्रम निर्माताको आनन्दी सबै सबै छोड्दै थिएँ।

त्यो भन्दा बढी भर्खर झोला बोकेर बिद्यालय जान सुरु गरेको चार वर्षिय छोरा रिवाज र केहि महिनामै आउन लागेको पारिवारिक फूलको वासनाबाट टाढा बन्नु पर्ने पीडा।

मायालु श्रीमतीलाई आवश्यकपर्ने पतिको साथको अभाव खड्कने यथार्थ त छदै थियो।

सम्झें । यो समयले मलाई परिक्षा लिदैछ । मैले पास हुने पर्छ।

भिषा हात परेपछि टिकटका लागि साहित्यकार दाजु धर्मराज बरालले सहयोग गर्नुभयो । उहाँकै माध्यमबाट साहित्यकार रामकाजी कोनेले आफ्नो ट्राभल एजेन्सी मार्फत सहुलियतमा टिकेट मिलाई दिनुभयो र बन्यो उडानको यात्रा।

– न्युयोर्कमा थिइन नीलम कार्की निहारिका । यथार्थमा साहित्यिक सहयात्री । दाजु र बहिनीको सम्बन्ध सूत्र र समय क्रमले उनको सहपाठीसंग मैले बिबाह गरेपछि बनेको नवीन सम्बन्ध लक्ष्मी।

– दाइ आतिनु पर्दैन, एअरपोर्टमा मान्छे लिन आउँछ।

कसरी चिन्ने ?

– ज्याङ्गो न ज्याङ्गो, पाखुरा भरी टाटु खोपको मान्छे । मणि बांग्देल हो उनको नाम।

२४ घन्टाको यात्रा पश्चात न्युयोर्कमा उत्रिने बित्तकै पाखुरामा टाटु भएको मान्छेको खोजीमा आँखा डुलाउन थालें्र मान्छेको अनुहारभन्दा पनि पखुरतिर मेरो आखाँ डुल्दै थियो।

नभन्दै एउटा वर्णित व्यक्ति मेरो अगाडि आइ पुगे्र उसको पाखुराबाट आखा उसको आँखातिर लादै थिएँ, दुबैको आखा जुध्यो।

– तपाई ?

दुवैले खोजेको पात्र भेटियौ, 

तपाईलाई सजिलै भेटें, खुशी लाग्यो, उनले भनें 

वास्तवमा उनिभन्दा सयौ गुना म खुशी थिएँ।

गास, र बास नीलम आवासबाट सुरु भयो, तर चिन्ता नयाँ संसारमा जिरो लेवलबाट गर्नुपर्ने  संघर्षको थियो।

चारदिनपछि आयोजित प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा धेरै साहित्यकारसंग भेट भयो जुन अनेसासले दिएको थियो।

कार्यक्रमको लगभग एक साता पछि गीता खत्रीको फोन आयो 

– गोवर्धनजी अनेसासको आजीवन सदस्यता लिनुपर्यो।

मैले एकै स्वासमा भने – भइ हाल्छ नि 

भोलि बिहान ज्याक्सन हाइटको मन्दिरमा सात बजे १०० डलर लिएर आउनु होला

१०० डलर १ फोन राखेपछि पनि मेरो कानमा प्रति ध्वनित भैरह्यो, सय डलर्र

सदस्यता लिने मन त थियो त सय डलर्र जम्मा जम्मी एक हजार लिएर आएको मान्छेलाई १०० डलर।

एक मनले त भयो भोलि जान्नँ, काम पर्यो भनेर ढाटि दिन्छु

तर मन मानेन, जे त पर्ला यत्रो सहयोग गर्ने सस्थाको सदस्यता लिदा धर्म पनि त लाग्ला

भोलि पटक फेरि गीता खत्रीको फोन आयो, ‘सात बजे, मन्दिरमा, सय डलर लिएर’

यसरी सुरु भएको अनेसाससंगको नातासंगै दोश्रो सम्मेलन र प्रथम महिला सम्मेलनमा मेरो सक्रिय सहभागिता रह्यो्र यसपछि स्मारिका प्रकाशनको मोडसम्म पुगेको सम्बन्धले अनेसास परिवारसंग गासिएको साइनोले मलाई कार्यक्रम संचालक, निर्णायक, सम्पादक हुदै महासचिवसम्म पुर्याएको छ।

२०१४–२०१६को सफल कार्यकाल पश्चात २०१६–२०१८ को कार्यकाल पूरा हुने क्रममा छ्र यसै कालमा अनेसासको रजत महोत्सब पनि मनायौ। दोश्रो च्याप्टर सम्मेलन, जापान सम्मेलन, पर्थ सम्मेलन, सिक्किम सम्मेलन, डिसी सम्मेलन, न्युयोर्क सम्मेलन। धेरै सम्मेलनमा मेरो सक्रिय सहभागिता रह्यो ्र अनेसासलाई नजिकबाट बुझ्ने अवशर पनि पाएँ। थाहा छैन आगामीदिनमा अनेसासमा मेरो भुमिका कस्तो रहने छ तर मलाई लाग्छ अनेसास मेरो कोहि हो र म अनेसासको कोहि हुँ।

यात्रा अनन्त छ भन्न सकिन्न, कहाँ गएर अन्त्य हुन्छ, तर करिव २६ सय दिनको अमेरिका बसाइको क्रममा गर्व र घमन्डका साथ् भन्छु, ‘अनेसासलाई माया र सम्मान, स्नेह र आदर नगरेको दिन नै रहेन।

– अनेसासले पनि त मलाई माया गरेकाले भए यो सम्भव कहाँ हुन्थ्यो र ?

Leave a reply

HTML Tags are not supported

Post My Comment »