आखिर यो तस्वीरमा के भइरहेको छ ?

२८ जेठ २०७५

banner

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुर्सीमा हात बाँधेर मुस्कुराएर बसिरहेका छन्। जबकि उनको ठिक अगाडि टेबलमा हात टेकेर जर्मन चान्सलर एंगेला मर्केल उभिएकी छन्। अनि विश्वका अन्य शक्तिशाली मुलुक नेताहरु सबै उभिएका छन्।

यो चर्चा त्यो फोटोको हो जुन जर्मन चान्सलर स्वंयले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन्। विश्वभरका मानिस यो फोटोको माहोलका विषयमा कुरा गरिरहेका छन्। आफ्नो आफ्नो अन्दाजा लगाइरहेका छन्। आखिर यो फोटोमा के भइरहेको छ? यो फोटो क्यानडामा आयोजना गरिएको जी–७ सम्मेलनको हो। जहाँ अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त बक्तव्यमा सहभागी हुन अस्वीकार गरेका थिए। आउनु, यो फोटोमा के के नेता छन् र जी–७ सम्मेलनमा उनीहरुको व्यवहार कस्तो थियो भन्ने जानकारी लियौं।
१. डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

 

 

अमेरिकी राष्ट्रपटि ट्रम्पले आफ्ना सहयोगी देशलाई समेत आश्चर्यमा पार्दै स्टील र एल्युमिनियमको आयत नयाँ करको घोषणा गरे। यी देशमा युरोपियन युनियन बाहेक म्याक्सियो र क्यानाडा पनि सहभागी छ।

ट्रम्पको यो घोषणाले पूरा सम्मेलनको माहोल परिवर्तन गरिदियो। अन्य देशले ट्रम्पको यो दकमको प्रतिक्रिया दिने भन्दै सम्मेलनका क्रममा ट्रम्पलाई एक्ल्याउने प्रयाससमेत गरिएको थियो।

त्यसपछि ट्रम्ले अमेरिका खुत्रुको बैंक जस्तै भएको र सबैले यसलाई लुट्न चाहेको भन्दै सम्मेलनबाट हिँडेका थिए। उनले सम्मेलन आयोजक न्यानडाका प्रधानमन्त्री जस्टिन द्रुडो विरुद्ध ट्विट गर्दै उनलाई बेइमान र कमजोर नेता भएको आरोप लगाए।
२. जन बोल्टन, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार

जन बोल्टनले डोनाल्ड ट्रम्पको सर्वोच्च सुरक्षा सल्लाहकारको पद सम्हालेको भर्खर तीन महिना मात्रै भएको छ। तर, यसक्रममा उनी आफ्नो छाप छोड्न सफल भएका छन्। राष्ट्रपति ट्रम्पले नयाँ कर घोषणाका क्रममा जुन कारण बताएका थिए, त्यसको प्रमुख कारण राष्ट्रिय सुरक्षा पनि रहेको बताएका थिए। त्यसका पछाडि जन बोल्टनको हात रहेको अनुमान गरिएको छ।

३. काजुयुकी यामाजकी, जापानी विदेश मामिलाका वरिष्ठ उपमन्त्री
 

काजुयुकीले जुलाई २०१७ यो पद सम्हाल्न सुरु गरे र केही दिन अगाडि उनको नेतृत्वमा एक प्रतिनिधिमण्डल पाकिस्तान पनि गएको थियो। त्यसपछि दक्षिण कोरियाको राजधानी सोलमा मुक्त व्यापार सम्झौताकालागि जापान, चीन र दक्षिण कोरियाको बैठकमा पनि उनले भाग लिए।
४. शिन्जो आबे, प्रधानमन्त्री जापान

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा विरुद्ध अन्य देशकातर्फबाट आएको प्रतिक्रियाले जापानलाई संकटमा पारिदियो।
शिन्जो आबे लगातार अमेरिकी राष्ट्रपतिसँग नजिकको सम्बन्ध बनाउने कोशिस गरिरहेका छन्। डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि हालसम्म कम्तिमा दश पटक भेटवार्ता गरिसकेका छन्। अब अन्य देशको प्रतिक्रियाले जापानलाई अप्ठेरोमा पारिदिएको छ।
५. यासुतोशी निशिमुरा, जापानको उपप्रमुख क्याबिनेट सचिव

उनी जापानको सत्तारुढ दलका सांसद हुन् र उनले एक अन्तर्राष्ट्रिय व्यापार र उद्योग मन्त्रालयमा काम गरिसकेका छन्।
६. एंगेला मर्केल, जर्मनीकी चान्सलर

फोटो हेर्ने वित्तिकै थाहा पाइन्छ, जर्मनी चान्सलर एंगेला मर्केल सम्मेलनका क्रममा देखिएको विवाद समाधान गर्न सबैभन्दा धेरै कोशिश गरिरहेकी थिइन्।

 

 

उनले अमेरिका र अन्य सहयोगी देशकाबीच व्यापार सम्झौतामा भएको विवाद समाधान गर्न केही सुझाव पनि दिएकी थिइन्।
जब मर्केलसँग ट्रम्पसँगको सम्बन्धका विषयमा प्रश्न गरियो तब मर्केलले दुई नेता सधैं कुनै विषयमा सहमत हुन आवश्यक नभएपनि आसपमा मिलेर कुरा गर्न सक्ने बताइकी थिइन्। ‘मैले अमेरिकी राष्ट्रपतिसँग एक खुला र सिधा संवाद गर्न सक्ने सम्बन्ध बनाएर राखेकी छु,’ उनले भनिन्।
७. इम्यानुएल क्याक्राेँ, फ्रान्सका राष्ट्रपति

जी–७ सम्मेलनको सुरुवात भन्दा पहिला इम्यानुएल म्याक्राेँ र डोनाल्ड ट्रम्प एक अर्का विरुद्ध ट्विट गरिसकेका थिए। त्यसपछि दुवै नेताबीचको सम्बन्धका विषयमा टिप्पणी सुरु भएको थियो। यद्यपी राष्ट्रपति म्याक्रोँको टीमले ट्रम्पसँगको सम्बन्ध निधै राम्रो र स्पष्ट भएको बताएको छ।
८. टेरिजा मे, बेलायतकी प्रधानमन्त्री

 

 

गत हप्ता अमेरिकी राष्ट्रपतिसँग टेलिफोनमा भएको कुराकानीमा टेरिजा मेले अमेरिकाले लगाएको कर निकै निरासाजनक र गलत भएको बताएकी थिइन्। यद्यपी सम्मेलनका क्रममा टेरिजा मेले सबै देशले सहयोग गर्नुपर्ने कुरामा जोड दिएकी थिइन्। उनले सबै नेतालाई संभावित ट्रेड वारतर्फ अगाडि नबढ्न अपील गरेकी थिइन्।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »