अमेरिकामा लमजुङ सेवा समाजको बनभोज कार्यक्रम (फोटोफिचर)

२८ जेठ २०७५
banner

वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा पर्ने आन्द्र महासागरको बडो मनोरम सामुन्द्रिक तटमा अमेरिका लमजुंग सेवा समाजको वार्षिक बनभोज भब्यताका साथ सम्पन्न भएको छ।

अमेरिकाका लागि महामहिम राजदुत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा आयोजित बनभोजमा पेन्सिल्भानिया र म्यारिल्याण्डका लागि नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत बनभोजका विशेष अतिथि थिए।

अमेरिकामा आयोजना हुने गर्ने नेपालीहरुको बनभोजहरुमा साधारणतया नेपाली राजदुतहरु जादैनथे तर लमजुंग बनभोजमा महामहिम राजदुतलाई निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा खुसी भएको आयोजक संस्थाका अध्यक्ष सशी थापाले बताए। 

आयोजकहरुले नेपालदेखी नै ल्याएको लमजुंग जिल्लाको विशेष परिकार चाम्रे भनिने अनदीको भात बनभोजको विशेष आकर्षण थियो। लमजुंग जिल्लाको अर्को आकर्षण ठाडो भाका भनिने सालैजो गीतको क्यासेट घन्काएर लमजुंग र म्याग्दीका महिलाहरुको समूह समुन्द्रको किनारमा नाचेका थिए।

चिकन बार बि क्यु सहितको स्वादिस्ट खाना, पे बार र नाचगानमा करिब ४०० जती नेपालीहरुको हल्लाले नजिकको सेल्टरमा भएको अमेरिकनहरुको अर्को बनभोजलाई डिस्टर्ब भएर सरकारी स्टेट पार्कका सुरक्षाकर्मीहरु नेपालीहरुको हल्ला बन्द गराऊन आएका थिए।

लमजुंग सेवा समाजका कार्यकर्ताहरु सशी थापा, पुष्पा घिमिरे, अरुण श्रेष्ठ, रमेश श्रेष्ठ, मन कुमार श्रेष्ठ, रेनुका थापा, दिनेश कमाली, बिजय अधिकारी , मनोज रेग्मी, रुटमान गुरुङ लगायत थुप्रै कार्यकर्ताहरु बनभोजमा खटेका थिए।

 

आयोजक संस्थाका सल्लाहकार तथा प्रवाशी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा लगायत बाल्टिमोरका नेपाली संघ संस्थाका पदाधिकारीहरु बनभोजमा ऊपस्थित थिए। लमजुंग बनभोजको डिसीनेपाल डट कमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो।

लमजुंग बनभोजमा सहभागी भएर घर फर्किंदा पार्कबाट निस्कँदासाथ बाटोमा ठुलो झरी परेको थियो।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l