सुन तस्करी प्रकरणमा न्युरोडको आरके ज्वेलर्समा छापा

२८ जेठ २०७५

banner

काठमाडौं । सुन तस्करी प्रकरणको छानविनका लागि गृह मन्त्रालयले गठन गरेको समितिले काठमाडौँ न्युरोडको आरके ज्वेलर्समा छापा मारेको छ।
सो समितिका संयोजक ईश्वरराज पौडेलसहित समितिको टोलीले सोमबार न्यूरोड र दरबारमार्गमा रहेको केही संकास्पद ज्वेलरी पसलमा छापा मारेको छानविन समितिका एक सदस्यले बताएका छन्।

छानविनका क्रममा सो ज्वेलर्सबाट ठूलो परिमाणमा सुन बरामद गरेको बताईएको छ। 

साढे ३३ किलो सुन प्रकरणको छानविनका क्रममा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष