अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनीयर्सको एघारौं वार्षिक सम्मेलन जुलाई २१ मा हुने

२८ जेठ २०७५

banner

अमेरिका । अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनीयर्सको एघारौं वार्षिक सम्मेलन आगामी जुलाई २१ मा हुने भएको छ।

कोलोराडोको डेनभर शहरका सक्रिय इन्जिनीयरहरु तथा सूचना प्रविधि सम्बन्धि पेशाकर्मीहरुको संयुक्त तत्वावधानमा "Exploring the Advancements in Research and Development in Engineering, Science, and Technology"भन्ने नाराका साथ सोसाइटीको एघारौं वार्षिक सम्मेलन हुने भएको छ।

उक्त दुई दिवसीय कार्यक्रममा इन्जिनीयरहरु, वैज्ञानिकहरु, सूचना प्रविधिका विशेषज्ञहरु तथा अन्य सम्बन्धित पेशाकर्मीहरुलाई एकै स्थानमा ल्याएर उनीहरुका ज्ञान र अनुभव आदान प्रदान गर्न प्राविधिक सत्रहरु आयोजना गरिएका छन्।

यस सम्मेलनले नेपाली सहकर्मीहरु तथा नेपालका मित्रहरु  बीच सन्जाल स्थापना गर्ने र एक आपसमा घुलमिल (Socialization) हुने अवसर पनि उपलब्ध गराउनेछ। यसका अरितिक्त प्राज्ञिक जगत, उद्योग व्यवसाय तथा नेपाल र अमेरिकाका सरकारी निकायका विषिष्ठ अतिथिहरुलाई समेत्सम्मेलनमा आमन्त्रण गरिएको छ।

विज्ञप्ती सहित

Leave a reply

HTML Tags are not supported

Post My Comment »