प्रदर्शन नहुँदै सलमान खानको चलचित्र रेस-३ को नयाँ रेकर्ड

२९ जेठ २०७५

banner

एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र रेस-३ प्रदर्शनमा आउन अब केही दिन बाँकी छ। 

पछिल्लो खबरका अनुसार रिलिज पहिले नै रेस-३ ले नयाँ रेकर्ड बनाउने भएको छ। चलचित्रको सेटेलाइट राइट सबै भन्दा महंगोमा बिक्री हुने भएको छ। 

खबरका अनुसार फिल्मको सेटेलाइट राइट करिब १५० करोडमा बिक्री हुने डिल भएको छ। तर उक्त रकमका बारेमा भने पुष्टी हुन बाँकी छ। 

यसअघि यस मुद्दामा आमिर खानको फिल्म दंगल सबै भन्दा धेरैमा बिक्री भएको थियो। जसको मुख्य ७५ करोड रहेको थियो। सलमानको रेस-३ आमिरको दंगल भन्दा महंगोमा बिक्री हुने भने निश्चित भइसकेको छ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »