पहिलो भेटमा ट्रम्प र किमको यस्तो संवाद

२९ जेठ २०७५
banner

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार विहान पहिलो पटक सिंगापुरको कापेला होटलमा भेटवार्ता भएको छ। दुवै नेताले करिव १२ सेकेण्डसम्म हात मिलाए। जसकालागि ६ महिनादेखि कोशिश चलिरहेको थियो।

करिव १८ महिला अगाडि दुवै नेता एकअर्का विरुद्ध धम्कीको भाषा प्रयोग गर्थे। ट्रम्पले एक पटक किमसँगको भेटलाई रद्द पनि गरेका थिए। तर किमले हार मानेनन्। अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावर (१९५३) देखि लिएर बराक ओबामा (२०१६) सम्म ११ अमेरिकी राष्ट्रपतिहरुले उत्तर कोरियाका समस्या समाधान गर्ने कोशिश गरे। तर वार्ता हुन सकेको थिएन। 

ट्रम्पले भेटवार्ताको पहिलो मिनेट मै किम जोङ उनको हाउभाउ हेरेर वार्ता सफल हुने नहुने बताउन सक्ने बताएका थिए।
स्थानीय समय अनुसार विहान ६ बजेर ३९ मिनेटमा किमले भने, ‘तपाइँसँग भेट्नु त्यति सजिलो थिएन। मलाइ खुशी लागेको छ हामी सबै वाधा अवरोधलाई पार गर्दै भेट्न सफल भयौं।’

सो क्रममा ट्रम्पले किमसँग भने, ‘मलाइ विश्वास छ, हामी दुवै देशबीचको सम्बन्ध राम्रो हुन्छ।’
त्यसपछि  दुवै नेताले १२ सेकण्डसम्म हात मिलाए। ट्रम्प र किम कापेला होटलमा पुगे।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।