परमाणु निशस्त्रीकरण गर्न उत्तर कोरिया सहमत

२९ जेठ २०७५

banner

एजेन्सी। ६५ वर्षसम्म जारी विवादपछि अमेरिका र उत्तर कोरियाबीच  सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणकालागि तयार भएको उल्लेख छ। 

सो अवसरमा  उत्तर कोरियाका नेता किम जोङ उनले भने, ‘मानिसहरुलाई यो भेटवार्ता कुनै विज्ञानको फिक्शनजस्तै लाग्न सक्छ।’ यसकालागि ६ महिनादेखि कोशिश जारी थियो। ट्रम्पले एक पटक भेटवार्ता रद्द गरेका थिए। तर किम जोङ उनले हार मानेका थिएनन्।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि किमले विश्वले ठूलो परिवर्तन देख्ने उल्लेख गर्दै आफूले विगतलाई छोड्ने फैसला गरेको बताए। ट्रम्पले विश्वको सबैभन्दा ठूलो र खतरनाक समस्याको समाधान भएको बताए। ‘अब विश्वको सबैभन्दा ठूलो र खतरनाक समस्याको समाधान भएको छ। त्यसकालागि म किमलाई धन्यवाद दिन चाहन्छु।’

७१ वर्षका ट्रम्प र ३४ वर्षका किम जोङ उनबीचको भेटवार्ताको क्यामेस्ट्रिी राम्रो देखिएको थियो।  दुवैले पहिलो भेटका १२ सेकेण्ड हात मिलाए।  तर ट्रम्पले कुनै पनि राष्ट्राध्यक्ष या अधिकारीसँग भेटगर्दा लामोसमयसम्म हात मिलाउँथे। र हात जोडले हल्लाउँथे। केही समय अगाडि जापानी प्रधानमन्त्री जिन्सो आबेसँग उनले १९ सेकेण्डसम्म हात मिलाएका थिए।

उत्तर कोरियाली संचारमाध्यमका अनुसार किम ट्रम्पको सम्मानमा सात मिनेट पहिला वार्तास्थल पुगेका थिए। उता ट्रम्पले किमको सम्मानमा रातो टाई लगाएका थिए। उत्तर कोरियाका जनतालाई रातो निकै मन पर्छ।

यो बैठकको उद्देश्य परमाणु निशस्त्रीकरण हो। र दुई नेताबीच भएको सम्झौतामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणकालागि तयार भएको उल्लेख छ। जुन ट्रम्पको जित हो। उत्तर कोरिया परमाणु निशस्त्रीकरण गर्न तयार भएको अवस्थामा अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध हटाउने नहटाउने विषयमा केही उल्लेख गरिएको छैन। अब अमेरिकाले दक्षिण कोरियामा रहेका आफ्ना २३ हजार सैनिक फिर्ता बोलाउने अनुमान गरिएको छ।

 

 

उत्तर कोरियाले केही समय पहिला आफ्नो परमाणु कार्यक्रम रद्द गर्दै परमाणु परीक्षण साइट नै बन्द गरेको थियो। भेटवार्ता सम्पन्न भएपछि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अंग्रेजीमा ‘आइस टू मीट यू, मिस्टर प्रेजिडेन्स’ भएका थिए। सिंगापुरको सेन्टोसा द्वीपमा अवस्थित आइल्याण्डको कापेला होटल भएको ऐतिहासिक वार्ताले विश्वको ध्यान आकर्षित गरेको छ। आगामी दिनमा  यो वार्ताले एसियाकासाथै विश्व राजनीति र शक्ति सन्तुलनमा दूरगामी प्रभाव पर्ने निश्चित छ।

बैठक नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा सुरु भएको थियो। एकअर्का विरुद्ध मिसाइल प्रहार गर्ने र खुला रुपमा परमाणु युद्धको धम्की दिने विश्वका यी दुई ठूला मुलुकका नेताको यो भेटघाटले नयाँ युगको सुत्रपात गरेको छ।

 

 

दुवै नेताबीचको यो वार्ता एकान्तमा भएको थियो। सो भेटवार्तामा ट्रम्प र किम बाहेक दोभाषे मात्र उपस्थित थिए। नेपाली समयअनुसार मंगलबार विहान ६ बजेर ५५ मिनेटमा एकअर्काको अभिवादन गरेका थिए। यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्बन्ध राम्रो हुने अपेक्षा गरेको बताएका थिए। अभिवादनका क्रममा ट्रम्पले भनेका थिए, ‘हामी पुराना मतभेद भुलेर नयाँ सम्बन्धको सुरुवात गर्दैछौं।’ उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भने, ‘तमाम बाधा व्यवधानलाई चिर्दै हाम्रो भेट भएको छ। किनभने आपसमा मिल्नु सजिलो काम थिएन।’

सिंगापुरले यो बैठककालागि निकै राम्रो तयारी गरेको थियो। एक अनुमानका अनुसार यो वार्ताकालागि करिव १०० करोड खर्च भएको छ। किम जोङ उनले सिंगापुरका प्रधानमन्त्री ली सीनसँगको कुराकानीका क्रममा अमेरिका र उत्तर कोरियाबीचको यो ऐतिहासिक वार्तालाई पूरै विश्वले हेरिरहेको बताएका थिए। डोनाल्ड ट्रम्प किम जोङ उनसँगको भेटवार्तालाई लिएर निकै उत्साहित थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष