समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही : प्रचण्ड

२९ जेठ २०७५
banner

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ।तस्बिर : रासस

चितवन। सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराए। अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भइरहेको गुनासो आइरहेको छ। अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही हुने जिकिर गरे। प्रचण्ड शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन्। कलंकी–नागढुङ्गा सडकखण्ड समयमै निर्माण सम्पन्न नगरेको भन्दै अधिकारीको आलोचना हुँदै आएको छ।

समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही

मंगलबार चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले ठेकेदारमाथि कार्वाहीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको दावी समेत गरे। 

फरक प्रसंगमा प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको बताए। उनले राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले आवश्यक परेकाले संघीय संसद अन्तरगतको दुवै सदनको नियमावली पारित गर्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग पनि सहमति गर्नु परेको उल्लेख गरे।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।