चार वर्षीय छोरीको हत्या गरेकी आमाले अदालतमा भनिन् आई एम सरी

२९ जेठ २०७५

banner

अपराध । मानिस होस् वा जनावर सबैका लागि आफ्नो सन्तान प्राणभन्दा प्यारो हुन्छ ।  मानिस, जनावर, चरालगायत सबै प्राणीका लागि आफ्नो सन्तान उत्तीकै प्यारो हुन्छ । अनि सन्तानको सुरक्षा तथा मायाममताको सबालमा आमाको माया अतुलनिय हुन्छ ।

तर कतिपय आमा यस्ता पनि हुन्छन् जो आफ्नै सन्तानको हत्या गर्न पछि पर्दैनन् । यस्तै एउटा घट्नाले अहिले सामाजिक संजालमा चर्चा बटुलेको छ ।

ब्रिटेनको साउथ वेल्समा एक दर्दनाक घटना घटेको छ ।  जो कोहीलाई चिन्तित बनाउन सक्ने यो घटना थाहा पाएर तपाई पनि आश्चर्य मान्नु हुनेछ । एउटी आमाले आफ्नी चार वर्षीय प्यारी छोरीको हत्या गरेकी छिन् ।  

अमेलिया ब्रुकी ह्यारीस नाम गरेकी चार वर्षीय छोरीको हत्या गरेको अभियोगमा ३७ वर्षीय आमा कार्ली ह्यारीसलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ । यो घटना गत शुक्रबार को हो । 

हत्याको आशंकामा प्रहरीले आमा कार्ली हर्रिसलाई अदालत सामु प्रस्तुत गर्दा  हर्रिसले आफ्नो अपराध स्विकार गर्दै न्यायाधिश समक्ष- आई एम सरी, आई एम सरी, भन्दै राईकराई गरेकी थिइन् । 

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने आमा कार्लिले आफ्नै प्यारी छारीको हत्या गर्नुको कारण के हो भन्ने जानकारी बाहिर आएको छैन । 


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »