भारी वर्षापछि गएको पहिरोमा परी १३ जनाको मृत्यु

२९ जेठ २०७५

banner

ढाका । दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ। 

मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्ला यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन। 

पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको मृत्यु भएको बताइएको छ। 

त्यसैगरी कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको समाचारमा जनाइएको छ। 

राजधानी ढाकाबाट करिब २९२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यस इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित भएका करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीहरुको बसोवास रहेको छ। 

गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »