कार्भाहाल अभ्यास खेलमा फर्किए, पोर्चुगलविरुद्धको खेल खेल्नेमा अझै दुविधा

२९ जेठ २०७५

banner

एजेन्सी । स्पेनका भरपर्दा डिफेन्डर डेनी कार्भाहाल राष्ट्रिय टोलीको अभ्यास खेलमा फर्किएका छन् ।

२ हप्ताअघि रियल मड्रिडका तर्फबाट लिभरपुलविरुद्ध च्याम्पियन्स लिग फाइनलमा मैदान उत्रेका कार्भाहाल सक्त घाइतेहुँदै मैदान बाहिर जान बाध्य भएका थिए ।

घाइते भएपनि कार्भाहाल राष्ट्रिय टोलीमा अटाउन सफल भएका थिए । करिब २ हप्ताको आरामपछि डेनी कार्भाहाल राष्ट्रिय टोलीसँग अभ्यास गर्न थालेका छन् । यद्यपी उनले ३ दिनपछि हुने पोर्चुगलविरुद्धको खेलमा खेल्ने या नखेल्ने केहि खुलाइएको छ ।

च्याम्पियन्स लिगको सोहि खेलमा लिभरपुलका फरवार्ड मोहम्मद सलापनि सक्त घाइते भएका थिए । घाइते सलापनि यतिबेला इजिप्टको राष्ट्रिय टोलीमा समावेश भई अभ्यास खेलहरुमा सहभागी हुन थालेका छन् ।

स्पेन, इजिप्ट लगायत ३२ राष्ट्रकै खेलाडीहरु २ दिनपछि सुरुहुने विश्वकप फुटबलका लागि रुस पुगिसकेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष