टेटेको अन्तर्रा्ष्ट्रिय निर्णायकमा छनौट गौतम अमेरिका जाने

२९ जेठ २०७५
banner

काठमाडौं । मित्रराष्ट्र अमेरिकाको लासभेगास शहरमा यहि असार ४–१०, २०७५ सम्म सञ्चालन हुने “विश्व भेट्रान्स टेवलटेनिस प्रतियोगिता २०१८” मा अन्तर्रा्ष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट भएका छन् ।

उनी खेलमा निर्णायकको भूमिका निर्वाह गर्न अमेरिका जानेछन् । शंकरका अनुसार विश्वका ५ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगिता हरेक दुई वर्षमा हुने गर्दछ । गौतमले यसअघि स्पेनमा भएको संस्करणमा पनि अन्तर्रा्ष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

दक्षिण एसियाली जुनियर टेवलटेनिस प्रतियोगिता, एसियन जुनियर प्रतिायोगिता, विश्व जुनियर टेवलटेनिस प्रतियोगिता, दक्षिण एसियाली खेलकुद, एसियन च्याम्पियनसीप, विश्व टेवलटेनिस प्रतियोगिता, यु.एस. ओपन,

कमनवेल्थ गेम्स लगायत गरी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, जापान, कोरिया, अमेरिका, अष्ट्रिया, स्पेन, लगायतका देशमा अन्तर्रा्ष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरिसकेको गौतमले जानकारी दिए । गौतम अखिल नेपाल टेबलटेनिस संघका महासचिव पनि हुन् ।
 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |