गण्डकी विकास बैंकको अध्यक्षमा गौचन चयन

२९ जेठ २०७५

banner

पोखरा । गण्डकी विकास बैंक लिमिटेडको अध्यक्षमा सुशील गौचन चयन भएका छन् । 

बैंकको १० औं वार्षिक साधारणसभाले यसअघि ६ जना संचालक चयन गरेकोमा संचालक समितिको पहिलो बैठकले गौचनलाई अध्यक्ष चयन गरेको हो।

बैठकको २५ जेठमा भएको साधारणसभाबाट संस्थापकतर्फ गौचन सहित पद्यप्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारणतर्फ नारायणबहादुर बानियाँ, कृष्णबहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी निर्विरोध निर्वाचित भएका थिए।

यस्तै, साधारण सभाले १९.३१ प्रतिशत वोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरे पश्चात बैंकको चुक्ता पूँजी कुल २ अर्ब ७५ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । अब पुुँजीका हिसाबले गण्डकी विकास बैंक नेपालमै सबैभन्दा बढी चुक्ता पूँजी भएको अग्रणी विकास बैंक बनेको छ।

बैंकले आव २०७४÷७५ को तेश्रो त्रैयमाससम्म निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पु¥याएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।

बैकले केन्द्रीय कार्यालय पोखरासहित देशका विभिन्न ठाउँमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ।

बैंकका निर्माणाधीन १८ शाखा सहित आगामी दिनमा कुल ७७ शाखा पुग्ने जनाइएको छ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »