विश्व बैंक र निर्धन उत्थान बैंकबीच कर्जा सम्झौता

२९ जेठ २०७५

banner

काठमाडौं । ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (विश्व बैंक) र निर्धन उत्थान बैंक लिमिटेडबीच कर्जाको लागि सम्झौता भएको छ।

ईन्टरनेशनल फाईनान्स कर्पोरेशन नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिद र निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तबीच सम्झौतामा हस्ताक्षर भएको हो।

उक्त सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन पश्चात ईन्टरनेशनल फाईनान्स कर्पोरेशनले निर्धन उत्थान बैंकलाई १ अर्ब रुपैयाँ कर्जा प्रदान गर्ने भएको हो।

बैंकले देशको ७ वटै प्रदेशका ७७ वटा जिल्लाहरुमा १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। ०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा दिएको बताइएको छ। त्यस्तै बैंकको कर्जा १५ अर्ब ९ करोड रहेको छ भने ग्राहको बचत ७ अर्ब ९८ करोड परिचालन गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »