तेक्वान्दो टोली कोरिया प्रस्थान

२९ जेठ २०७५

banner

काठमाडौं । डब्लुटीएफ तेक्वान्दो पार्टनरसिप प्रोग्राममा सहभागी हुन नेपाल तेक्वान्दो संघबाट दुई सदस्यीय टोली मंगलबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ ।

जुन १५ देखि २९ तारिखसम्म हुने प्रोग्राममा भुवनबहादुर थापा र जितेन्द्र मेचेले सहभागिता जनाउने छन् । उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

एनटीए टोली पनि कोरिया प्रस्थान

डब्लुटीएफ तेक्वान्दो पार्टनरसिप प्रोग्राममै सहभागी हुन नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट पनि ५ सदस्यीय टोली मंगलबारै दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ ।

जुन १५ देखि २९ तारिखसम्म हुने प्रोग्राममा अशोक खड्का, तिलक लामा, पर्शुनारायण बोहरा, कर्णबहादुर बोहरा र मोहन विश्वकर्माले भाग लिने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष