टपलेस भएर नुहाउने विषयमा जनमत संग्रह महिलाको पक्षमा बहुमत

२९ जेठ २०७५
banner

एजेन्सी । बार्सिलोनाको एक स्विमिङ पुलमा महिलाले टपलेस भएर नुहाउन पाउने भन्ने विषयमा निकै विवादित बन्यो।

यसैका भोटिङ सहित भयो। धेरै समयदेखि बिरोध गर्दै आएका पूरुषहरु अन्तिममा चुनाब लड्दा महिलाबाट हार बेहोर्नुपर्यो । लडाईंमा टपलेस नुहाउने पक्षमा महिलाकै जित भयो।

भोटिङ हुने स्थान क्याटेलोनियास्थित बार्सिलोना नजिकै एक गाउँमा मिलाइएको थियो। लामेतिया–डिल–भ्यालियास गाउँमा भएको यो मतदानमा ‘टपलेस नुहाउने’ पक्षमा ६१ प्रतिशत र विरोध गर्ने पूरुषहरुको पक्षमा ३९ प्रतिशत भोट खसेका थिए।

स्थानीय केटेलन प्रशासनले उक्त मतदानको आयोजना गरेको थियो। यसको नतिजा कानूनी रुपमा १६ वर्षमाथिका महिलाहरुमा लागू थियो।

गर्मीयामको बेलामा उक्त स्वीमिङ पुलमा नुहाइरहेकी दुई महिला टपलेस भएका बेला त्यहाँका एक लाइफगार्डले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुलिस त्यहाँ पुगेर ती दुई महिलालाई आफ्नो बिकिनी टप लगाउन आदेश दिएका थिए।

उक्त घटनापछि पुलिस र प्रशासनविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

गाउँका पुरुष र महिलाको एक समूह यसको विरोधमा बिकिनी टप लगाएर पूलमा पुगे। त्यतिबेलादेखि नै जनमतको संग्रहमा उत्रेका महिला भोटिङ गर्दा जितेपछि स्वीमिङ पुलमा टपलेस भएर नुहाउने भएका छन्।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।