कलाकार भिमबहादुर थापाको निधन

३० जेठ २०७५

banner

काठमाडौँ । हास्य टेलिश्रृखला तितो सत्यमा दिपाश्रीका 'धर्म बा' बनेर चर्चामा आएका कलाकार भिमबहादुर थापाको निधन भएको छ। 

उनको आज बिहान २ बजे तिर निधन भएको पारिवारीक स्रोतले जनाएको छ। 

लामो समयदेखि विभिन्न रोगबाट ग्रसित बनेका थापाको ९२ वर्षको उमेरमा घरमै निधन भएको हो। उनको नियमित उपचार पनि भइरहेको थियो।  दीपाश्रीसँग देवी सिरियलमा सँगै काम गरेका थापा तितो सत्यबाट चर्चित बनेका थिए। उनले थुप्रै नेपाली चलचित्रमा पनि काम गरेका छन्। 

थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । 
 


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »