रेस-३ प्रदर्शनका दिन मिल्नेछ दर्शकलाई अर्को 'सरप्राइज'

३० जेठ २०७५

banner

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको चलचित्र रेस-३ प्रदर्शनका दिन दर्शकलाई सरप्राइज दिइने भएको छ। 

रेस-३ को प्रदर्शनसँगै आनन्द एल रायको निर्देशनमा बनेको शाहरुख खानको चलचित्र जिरोको टिजर भिडियो पनि सार्वजनिक गरिने भएको हो।रिर्पोटका अनुसार जिरोको टिजर भिडियोमा दुबै अभिनेता एकसाथ देखिने छन्। टिजरको एक सिन छ जहाँ, दुबै अभिनेता बक्सिङ रिंगभित्र देखिएका छन्। दुई खानलाई एकसाथ हेर्न चाहेका दर्शकलाई जिरो चलचित्र युनिटले सलमानको रेस-३ प्रदर्शनका दिननै सरप्राइज दिन लागेको हो।

पिंकविलाको रिर्पोट अनुसार एक डान्सको सिन छ, जसमा दुबै अभिनेता रिंगभित्र डान्स गरिरहेका देखिएका छन्।  लामो समयपछि सलमान खान र साहरुख एकसाथ देखिन लागेका हुन्। दुई खानलाई एकसाथ हेर्न पाउने दर्शकको चाहना अब चाडै पुरा हुने भएको हो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »