छोराको हत्यापछि श्रीमातीमाथि चक्कु प्रहार, पछि आफ्नै घाँटी रेटी आत्महत्या प्रयास

३० जेठ २०७५

banner

कास्की। लेखनाथ महानगरपालिका–१५ कालिका मार्ग स्थित धनमाया ठकुरीको घरमा बस्दै आएकी ३५ वर्षीया सुमित्रा ठकुरी तथा उनको ४० वर्षीय श्रीमान रामजी घले घारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको अबस्थामा र ११ वर्षीय छोरा ज्ञापन घले घाँटी रेटिएर मृत्यु भएको अबस्थामा बुधबार बिहान फेला परेका छन्।

घाइते सुमित्रा र रामजीलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको छ।

धनमाया ठकुरीका अनुसार रामजी घलेले धारिलो हतियार चक्कुले छोराको हत्या गरी सुमित्रालाई समेत प्रहार गरी आफैले आफ्नो घाँटी रेटेको बुझिन आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »