संसदमा सांसदको प्रश्न : राजमार्ग सेल्फी खिच्नकालागि हो की यातायात संचालन गर्न ?

३० जेठ २०७५
banner

फाइल फोटो

काठमाडौं।  सांसद गणेश पहाडीले विपि राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका जिल्लाबासी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद पहाडीले कुनै पनि विषयमा निर्णय लिँदा त्यसको प्रभावको अध्ययन र मूल्यांकन गर्न सचेत गराए। विपी राजमार्गमा मालवाहक बस र यात्रु बस चल्न रोक लगाउने सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण केही दिनदेखि सिन्धुली, रामेछाप, ओलखढुङा, दोलखा, सोलु लगायतका बासिन्दाको जनजिवन अस्तव्यस्त हुनुको साथै मंहगी बढेको भन्दै उनँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

विपी राजमार्गमा सवारी संचालनमा रोक लगाए लगत्तै ग्रामीण कच्ची सडकमा समेत साना गाडी चल्न नसक्ने अवस्थाका कारण सिन्धुलिको सदरमुकाम र ९ वटै स्थानीय तहसंगको सम्बन्ध र सम्पर्क विच्छेद भएको भन्दै उनले विवेकपूर्ण निर्णयका लागि सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘अहिले सिन्धुलीका जनताहरु प्रश्न गरिरहेका छन्। के राजमार्ग भनेको सेल्फी खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्रै हो? कि यातायात चल्नका लागि पनि हो?’ 

सवारी साधन संचालनमा रोक लगाउने निर्णयले वर्तमान सरकारको नीति तथा कार्यक्रममा समावेश १ बर्ष भित्र भुकम्प पीडीतलाई छानो मुनि ल्याउने र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग ५ बर्ष भित्र सम्पन्न गर्ने भनी गरेको संकल्प पुरा हुन नसक्ने ठोकुवा गरे। 
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विकासमैत्री हुन सकेनन भने सम्वृद्धि सम्भव नहुने भन्दै उहाँले सभामुख माफर्पत सरकारसंगै राज्यका सबै निकायको ध्यानाकर्षण गराए।  

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।