सरकारको लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुन्छ : गभर्नर नेपाल

३० जेठ २०७५
banner

फाइल फोटो

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष भित्र सरकारको लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने बताएका छन्।
गभर्नर नेपालले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य आगामी आर्थिक वर्षमा पूरा हुने विश्वास व्यक्त गरेका हुन्।

उनले स्थायी सरकार नै आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने मुख्य आधार भएको बताए। त्यसैगरी प्रदेश र स्थानीय तहमा पनि आर्थिक गतिविधि बढने भएकाले मुलुकको आर्थिक वृद्धिदर बढोत्तरी हुँदै जाने गभर्नर नेपालको तर्क छ।

उनले विगतमा विद्युत आपूर्ति नहुँदा समेत आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुगेको उल्लेख गर्दै अव आथिक वृद्धिदर बढाउन आवश्यक वातावरण बन्दै गएको  बताए। 

गभर्नर नेपालले आर्थिक वृद्धिदर हासिल हुनेगरी बजेट खर्च हुने आधारको रुपमा प्रदेश र स्थानीय सरकार रहेको पनि बताए। प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधिको अत्याधिक माग भएकाले पनि पूँजीगत खर्च बढाउन समस्या नहुने गभर्नर नेपालको दावी छ। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l