प्रचण्डले जनयुद्धको धावन मार्ग भत्काए : गोपाल किराँती

३० जेठ २०७५

banner

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन्। 

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको बताए।  

उनले भने, ‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालीन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनु भयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं।’

किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लीएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए। उनले भने, ‘प्रचण्ड र बाबुराम अन्तिममा आएर पुँजीवादी गणतन्त्र तिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं।’

अध्यक्ष किरातीले भारतकोतर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग गरेका छन्।  मंगलबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »