पार्टी छोडेर गएकाहरुलाई फर्कन डा. भट्टराईको आह्वान

३० जेठ २०७५

banner

काठमाडौँ। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई फर्कन आह्वान गरेका छन्।

संयोजक भट्टराईले बुधबार पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई फर्कन आह्वान गरेका हुन्।

उनले कम्युनिष्ट र काँग्रेस पार्टीले प्रतिगामी सोच लिएको दावी गर्दै अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी अघि बढाउने उदघोष पनि गरे।

संयोजक भट्टराईले आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको दावी गर्दै अरु पार्टीहरु यथास्थितिबादी रहेको तर्क पनि गरे।

संयोजक भट्टराईले मुलुकलाई समृद्ध बनाउने एजेन्डा स्थापित गराउन आफूहरु सफल भएको दावी गरे।

Leave a reply

HTML Tags are not supported

Post My Comment »