राजधानीमा प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन शुक्रबारदेखि

३० जेठ २०७५

banner

काठमाडौँ । आगामी शुक्रबारदेखि काठमाडौँमा ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन–२०७५’ हुन लागेको छ। 

विज्ञान र प्रविधिले भइरहेको विकास र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सम्मेलन गर्न लागिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिएका छन्।

सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इञ्जिनियरिङ र पदार्थ विज्ञान, जैविक विज्ञान, परम्परागत प्रविधि र प्रयोग, भूगर्भ, वातावरण र मौसम विज्ञान, कृषि तथा वन विज्ञानलगायत १२ विषयवस्तुमा सामूहिक छलफल गरिने सम्मेलनका संयोेजक खिम पन्थीले जानकारी दिए।

सम्मेलनमा देशभरिका ४०० युवा, अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माण र विज्ञानसँग सरोकार राख्नेको सहभागिता हुनेछ। 

तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा गर्ने कार्यक्रम तय भएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »