अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

३० जेठ २०७५

banner

संखुवासभा । अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ। 

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताए।

उनका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ। 

पटकपटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष