कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याउँदै सरकार

३० जेठ २०७५
banner

सुर्खेत । आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट रु नौ अर्ब १३ करोड, राजस्वबाट करिब रु पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट रु छ अर्ब ६१ करोड प्राप्त हुने बताए।

राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उहाँले यसलाई बढाउने प्रयास गर्ने बताए। 'यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुपर्यो’ उनले भने, “आगामी वर्ष बजेटको आकार बढाउनेछौ।” 

असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाड्ने प्रवृक्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उनको भनाई थियो। 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |