काठमाडौंमा विश्वकपको अफर ‘मोबाइल किन्दा टिभि सित्तैंमा’

३० जेठ २०७५
banner

काठमाडौं । विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ।

विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएकाहरुलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो।

यस अघि केही घण्टाका लागि मात्र १ रुपैंयामा जर्सी उपलब्ध गराएको रिचार्जरले यो अफर एक सातासम्म सञ्चालन गर्ने जनाएको छ।

‘मोबाइल किन्दा टिभि सित्तैंमा’ अफर विश्वकप फुटबल सुरु हुने दिन बिहीबारदेखि सुरु हुनेछ । रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताए।

कार्यकारी अधिकृत सिंहले भने, ‘गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले १०० रुपैंयाँ क्यास व्याक पाउने छ। ‘त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ। यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ।’

रिचार्जरबाट साओमीको एमआई मिक्स, एमआई एम फाईभ एक प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल किन्नेहरुले १९ इञ्चको टेक्नोजको एलईडी टिभि पाउने छन्। त्यसैगरी जेटीईको एक्सन मिनी, एचटीसीको डी ७ सय २८ र ६ सय २६ जी प्लस मोडलका मोबाइल खरिद गर्नेले टेक्नोजको १५.६ इञ्चको एलईडी टिभि पाउने छन्।

प्रत्येक एक महिनामा यस्ता अफरहरु कम्तीमा एक पटक सञ्चालन गरिने ग्लोबल कि टेक्नोलोजीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले बताए। उनले भने, ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ।’

 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।