विष्फोटमा परी एक बालकको मृत्यु सात, सर्वसाधारण घाइते

३० जेठ २०७५

banner

जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा भएको विष्फोटनमा परी एक १० वर्षीय बालकको मृत्यु भएको छ। 

बुधबार भएको यस आक्रमणमा परी एक बालकको मृत्यु हुनुका साथै अन्य सात घाइते भएको प्रान्तीय सरकारकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

स्थानीय समयानुसार बुधबार बिहान सानो एक पसलको अगाडि सो विष्फोट भएको बताइएको छ। घाइतेमध्ये चार बालबालिका र एक पसलका संस्थापकलाई शहरको क्षेत्रीय अस्पतालका सारिएको जानकारी दिइएको छ। 

यस आक्रमणको पछाडि कुन समूहको हात रहेको छ भन्ने बारेमा भने अहिलेसम्म केही प्रष्ट भएको छैन। 

अफगानिस्तानमा जारी द्वन्द्वमा सन् २०१७ मा तीन हजार ४३० व्यक्तिको मृत्यु भएको छ भने सात हजारभन्दा बढी व्यक्ति घाइते भएका अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ। 

अफगानिस्तानमा तालिबान र अन्य आतङ्ककारी समूहको आक्रमणमा परी द्वन्द्वको ६५ प्रतिशत सर्वसाधारणको मृत्यु हुने गरेको छ। त्यसैगरी यस्ता आक्रमणमा २० सुरक्षा अधिकारीको ज्यान गएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »